राजनीति

प्यूठानमा अझै सुरु हुन सकेन् मतगणना

प्यूठानमा अझै मतगणना सुरु भएको छैन्। प्यूठानका दुई वटा मतदान केन्द्रको मतपत्रमा समस्या देखिएपछि मतगणना सुरु हुन नसकेको हो।  

प्यूठानका दुईवटा मतदान केन्द्रमा प्रदेशसभाको मत पत्र प्रतिनिधिसभाको बाकसमा खसेको भेटिएपछि ति मतलाई के गर्ने भन्ने बिषयमा समस्या भएको बताइएको छ।  

अहिलेसम्म सर्वदलीय बैठक समेत बसेको छैन्। सम्भवतः आज बेलुका देखि मतगणना हुन सक्ने बताइएको छ। प्यूठानमा एमालेका सूर्य थापा र सत्तागठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलबीच प्रतिस्पर्धा छ।

प्रकाशित: ५ मंसिर २०७९ ०९:२९ सोमबार

मतगणना Election 2079