सुनसरीमा ९ बजेसम्म १० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
अहिलेसम्म जिल्लाभरमा रहेका ६२४ वटा केन्द्रमा प्रायः सवै जसोमा सय हाराहारी मत खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख कृष्ण पौडेलले बताए। उनका अनुसार सवै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।
सुनसरीमा चार वटा निर्वाचन क्षेत्र रहेकोमा प्रतिनिधीसभाका लागि कुल पाँच लाख ८० हजार ९४५ जना मतदाता रहेका छन्। जसमा क्षेत्र नं. १ मा यसपटक एक लाख ५० हजार ३९३ जना मतदाता रहेका छन्।
यस्तै, क्षेत्र नं. २ मा एक लाख ५८ हजार ९१० जना मतदाता रहेका छन्। क्षेत्र नं. ३ मा यसपटक कुल एक लाख ३४ हजार ३०२ मतदाता रहेका छन्। क्षेत्र नं. ४ मा यसपटक एक लाख ३५ हजार ३४० जना मतदाता रहेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १०:११ बिहीबार