विराटनगरस्थित कोइराला निवासको पुनर्निर्माण सुरु भएको छ। प्रजातन्त्रको विगुल फुक्ने कोइराला निवास गत भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले जलाएका थिए।

निवासको पुरानो संरचना जलेर खरानी भएको छ। जलेको संरचनाको पुनर्निर्माण थालिएको हो। निवास जलेपछि पहिलेपटक विराटनगर आएका नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलेको घरलाई पुनर्निर्माण गरेर लोकतन्त्रको सुदृढीकरणमा योगदान दिने बताए।

डा कोइरालाले पुरानै मोडलमा घरको पुनर्निर्माण गर्ने कि आधुनिक घर बनाउने भन्ने विषयमा पारिवारिक छलफलपछि मात्रै टुंगोमा पुग्ने जवाफ दिए। यद्यपी घर पुनर्निर्माणका लागि निर्माण सामग्री र कामदारहरू भने खटिइसकेका छन्।

घर जलाउनु अघि आन्दोलनकारीहरूले तोडफोड र लुटपाट गरेका थिए। जसका कारण घरभित्र रहेका ऐतिहासिक सामग्रीहरू नष्ट भएका छन्।




प्रकाशित: ४ आश्विन २०८२ १३:५५ शनिबार



