फोटो फिचर

अमेरिकी दूतावासमा तिजको रमझम (तस्बिरमा हेर्नुहोस्)

नेपाली महिलाहरूको महान् पर्व हरितालिका (तिज) आज देश विदेशमा विभिन्न कार्यक्रम गरेर मनाइन्छ। आज दिनभर महिलाहरूले नाचगान गर्दै रमाइलो गरेर २०८२ को तिज मनाइरहेका छन्। बिहानदेखि पशुपतिसहित देशभरका शिवालय मन्दिरमा दर्शन गर्ने महिलाहरूको भीड छ। 

यहीबिच नेपालस्थित अमेरिकी दूतावासले पनि भव्यताका साथ तिज मनाएको छ। सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै दूतावासले लेखेको छ, ‘अमेरिकी दूतावासको तर्फबाट हरितालिका तिज पर्वको शुभकामना!’

तस्बिर : दूतावासको फेसबुकबाट