फोटो फिचर

कुलमानले हटाएका शाक्य फेरि प्राधिकरणमा हाजिर (तस्बिरमा हेर्नुस्)

सर्वोच्च अदालतले परमादेशपछि हितेन्द्रदेव शाक्य आज बिहान  विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्क पुगेर कार्यकारी निर्देशकको कार्यभार सम्हालेका छन्।

कुलमान घिसिङ ऊर्जामन्त्री भएलगत्तै शाक्यलाई हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए। त्यही निर्णयविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए। 

सोमबार न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई तुरुन्तै पुनर्बहाली गर्न आदेश दिएको थियो।