फोटो फिचर

तस्बिरमा हेर्नुस् अपांगता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको प्रभातफेरी

‘अपांगता समावेशी समाजको प्रतिबद्धता; सामाजिक उन्नतिको संवर्धन’ नारा सहित अपांगता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवसको प्रभातफेरी गरिएको छ।

नेपाल सरकार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आयोजनामा तथा राष्ट्रिय अपांग महासंघ नेपालको समन्वयमा आयोजित प्रभातफेरीमा विभिन्न संघ-संस्था, अपांगता क्षेत्रका प्रतिनिधि, सरोकारवाला निकाय तथा समुदायको उत्साहजनक सहभागिता रहेको छ।

उक्त र्‍यालीमा सूचना तथा सञ्चार मन्त्री जगदीश खरेलको सहभागिता रहेको थियो। खुला मञ्चबाट सुरु भएको र्‍याली भृकुटीमण्डपमा पुगेर सभामा परिणत भयो।