फोटो फिचर

काठमाडौं उपत्यकामा रास्वपाको ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ (फोटोफिचर)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज (शनिबार) बिहानैदेखि काठमाडौं उपत्यकामा ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेको छ।

बिहानै पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाहसहितका उपत्यकाका तीन जिल्लाकै उम्मेदवार पशुपति मन्दिरमा भेला भएर ‘जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ सुरु गरेका हुन्। गौशालाबाट आरम्भ भएको अभियान जनतासँग प्रत्यक्ष भेटघाट र जनसम्पर्क विस्तारमा केन्द्रित रहेको रास्वपाले जनाएको छ। अभियान साँझ ६ः३० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर समापन हुने छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १०:०४ शनिबार