नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा क्रिकेटसँगै तिहारको रौनक पनि देखिएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मस्कटहरूले देउसी-भैलो प्रस्तुत गर्दै दर्शकलाई मनोरञ्जन दिएका छन्। संगीत, नाचगान र रमाइलोसँगै मस्कटहरूले तिहारको उत्सवमय माहोल बनाएका हुन्।
मंगलबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबिचको खेलका क्रममा क्रिकेटको रोमाञ्चसँगै मस्कटको देउसी-भैलोले पनि दर्शकको ध्यान तानेको हो।
तस्बिर : एनपीएलको फेसबुक पेजबाट
प्रकाशित: २४ कार्तिक २०८३ १९:४३ मंगलबार