भोटेकोसी बाढीले सिन्धुलीको कमलामाई नगरपालिका–११ मा एउटै वडाका नौ परिवारलाई शोकमा डुबाएको छ । बाढीमा बेपत्ता भएका नौ जनाको शव फेला नपरेपछि कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिएको छ ।
बाढी आएको लामो समय बितिसक्दा पनि आफन्तको अत्तोपत्तो नभएपछि परिवारले अन्ततः शवको प्रतीकका रूपमा कुशको आकृति बनाएर अन्तिम संस्कार गरेका हुन् । आफन्तको शवसम्म हेर्न नपाई कुशको शवमा दागबत्ती दिनुपर्दा परिवारजनका लागि यो क्षण असह्य पीडाको बनेको छ ।
.jpg)
भोटेकोसीको बाढीले सिन्धुलीमा ठूलो मानवीय क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयको तथ्यांकअनुसार सिन्धुलीबाट मात्रै ३६ जना अझै बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहे पनि लामो समयसम्म कुनै खबर नआउँदा परिवारजन निराश र पीडामा छन् ।
बाढीले घर, सम्पत्ति र दैनिकी मात्र बगाएन, धेरै परिवारबाट आफ्ना प्रियजनसमेत खोसेको छ । बेपत्ता आफन्त फर्केर आउने आशा र अन्तिम संस्कार गर्नुपर्ने बाध्यताबीच परिवारहरू लामो समयदेखि पीडामा छन् ।
आफ्ना मान्छेको अनुहार अन्तिमपटक हेर्न नपाएका परिवारले कुशको शवलाई नै आफन्तको अन्तिम चिनो मानेर दाहसंस्कार गर्नुपरेको यो घटनाले भोटेकोसी बाढीको मानवीय क्षतिको गहिराइ झल्काउँछ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: १ आश्विन २०८३ १५:३८ बिहीबार



