जेन-जी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्मा विषय विज्ञहरू सामेल गराउने प्रक्रिया सुरु गरेको छ।
पहिलो चरणमा प्रधानमन्त्री कार्कीले तीन महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारीका लागि पूर्व प्रशासक र कानुनी क्षेत्रका व्यक्तिहरूको नाम टुंगो लगाएकी छन्।
अर्थमन्त्रीमा पूर्व अर्थसचिव रामेश्वर खनाल, ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्रीमा नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र कानुन तथा गृहमन्त्रीमा वरिष्ठ अधिवक्ता ओमप्रकाश अर्यालको नाम टुंगो लागेको छ।
कार्कीले मन्त्रिमण्डललाई ११ सदस्यीयभन्दा नबढाउने तयारी गरेकी छन्। शपथ समारोहमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित, प्रधानसेनापति असोकराज सिग्देल, मुख्यसचिव एकनारायण अर्यालसहितका व्यक्तिहरूको सहभागिता रहेको छ।