फोटो फिचर

भारी हिमपातले डाँडाकाँडा सेताम्मे (तस्बिरसहित)

मंगलबार रातिदेखि मुस्ताङ, हुम्ला, बाजुरा, बैतडी, म्याग्दी, हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालिकोटमा भारी हिमपात भएको छ। वर्षासँगै आएको हिउँले डाँडाकाँडा पूरै सेताम्मे भएका छन्। केही ठाउँमा दुई फिटभन्दा बढी हिउँ जम्मा भएको छ।

हिमपातका कारण धेरै सडक अवरुद्ध भएका छन्। मुस्ताङको कागबेनी-मुक्तिनाथ सडकमा जमेको हिउँ पन्छाउन सशस्त्र प्रहरी बलको टोली खटिएको छ। हिउँले स्याउ, उवा, फापर, जौँ र आलु जस्ता बाली राम्रो हुने आशा बढेको छ।

तस्बिर : रासस

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App