फोटो फिचर

जेन-जी पुस्ताका आ-आफ्नै प्रधानमन्त्री, सुन्धारामा तनाव

जेन-जीले गत सोमबार र मंगलबार गरेको आन्दोलनका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि अहिले काठमाडौंको सुन्धारा अगाडि प्रधानमन्त्री बनाउनेको भीड लागेको छ। बिहीबार सुन्धारा अगाडि युवाहरूको भीड देखिएको छ। 

जेन-जी पुस्ताका युवाहरूले आ-आफ्नै समूह बनाएर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, उज्यालोको संवाहक भनेर चिनिएका कुलमान घिसिङ, काठमाडौँ महानगरका मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने माग राखिरहेका छन्। अहिले देश शून्यतामा गएको छ।