मुस्ताङको बारागुङ मुक्ति क्षेत्र-४ कागबेनी श्राद्धस्थलमा धार्मिक श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ।
औँसीको दिवंगत पितृका नाममा श्राद्ध तथा पिण्डदान गर्ने र तर्पण दिनका लागि देशका ७७ वटै जिल्लाबाट धार्मिक तिर्थालु हिमाली जिल्ला मुस्ताङ आइपुगेका हुन्।
मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिकस्थलबाट बहने कालिगण्डकी नदीको संगमस्थल कागबेनीधाम दिवंगत पितृ उद्धारका लागि महत्त्वपूर्ण प्रसिद्ध धार्मिकस्थलका रूपमा लिइने गरिन्छ।
कालिगण्डकी र मुक्ति गण्डकी मिश्रण भएको स्थानलाई कालिगण्डकी नाम दिइएको हो।
तस्बिरहरुः वसन्त ढुंगाना/नागरिक
प्रकाशित: ४ चैत्र २०८२ ०८:४७ बुधबार