फोटो फिचर

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भीड (१२ तस्बिरमा हेर्नुहोस्)

साउन महिनाको अन्तिम सोमबार बिहानदेखि पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन गर्ने भक्तजनको भीड छ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार भएकाले आज बिहान स्नान गरी शिवालयमा पूजा र दर्शन गरेमा मनोकामना पूरा हुने, अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ।

पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा विशेष गरी महिला भक्तजनको भिड देखिन्छ। रातो र हरियो पहिरनमा सजिएका भक्तजनले पशुपति क्षेत्र भरिभराउ छ।