संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन्।
समारोहमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाहसहित उच्च पदस्थ अधिकारीहरू शीतलनिवास पुगेका थिए।
समारोहमा पूर्वप्रधानमन्त्री, सांसद, विभिन्न राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका प्रमुखहरूको समेत उपस्थिति थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानलाई भाषण र औपचारिकतामा मात्र सीमित नराखी नागरिकको दैनिक जीवनमा अनुभूति हुने गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
उनले संविधान दिवसलाई केवल उत्सवका रूपमा मनाउनेभन्दा संविधानका मूल भावना र व्यवस्थालाई व्यवहारमा उतार्ने संकल्प गर्ने अवसरका रूपमा लिन आग्रह गरे।
राष्ट्रपति पौडेलले संविधानले सुनिश्चित गरेका अधिकार र लोकतान्त्रिक मूल्य–मान्यताको प्रभाव नागरिकको जीवनमा प्रत्यक्ष देखिनुपर्ने बताए।
प्रकाशित: ३ आश्विन २०८३ १७:४९ शनिबार