आगामी फागुन २१ गते हुने निर्वाचनमा झापा-५ मा रास्वपाका उम्मेदवार बालेन शाहले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पूजा गरेका छन्। शुक्रबार उनले ताप्लेजुङ पुगेर धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित पाथीभरा मन्दिरमा पुगेर पूजा गरेका हुन्।
झापा-५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग चुनावी मैदानमा उत्रेका काठमाडौं महानगरका निवर्तमान प्रमुख शाह पछिल्लो समय विभिन्न जिल्लामा पुगेर धार्मिक, सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय देखिन थालेका छन्।
प्रकाशित: ९ माघ २०८२ १०:४४ शुक्रबार