सोमबारदेखिको आन्दोलनका कारण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार रातीबाट खुलेसँगै हवाई यात्रुको चाप बढेको छ। अहिले आन्तरिक टर्मिनलतर्फ यात्रुको भीड बढी छ।
सडक मार्ग बन्द भएका कारण हवाई यात्राको माग बढेको हो। यता अन्तर्राष्ट्रिय उडानतर्फ पनि यात्रुको चाप बढेको छ। तर केही यात्रु भने अलपत्र परेका छन्। बैदेशिक रोजगारीमा जाने यात्रुहरूको टिकट नआएकोले उनीहरू अलपत्र परेका छन्।