फोटो फिचर

साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालुको घुइँचो (फोटोफिचर)

साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा श्रद्धालुको भीड देखिएको छ। आज बिहानै तीन बजेदेखि नै पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गरिएको छ। साउन महिनाको सोमबार वैदिक सनातन हिन्दु धर्मावलम्बीले व्रत बसी भगवान् शिवको विधिपूर्वक पूजा आराधना गरी मनाउँछन्। यसका लागि विश्व सम्पदा सूचीमा सूचीकृत आराध्यदेव पशुपतिनाथ मन्दिर परिसरमा बिहान तीन बजेदेखि नै भक्तजनको घुइँचो लागेको थियो।  

साउने सोमबारका अवसरमा विशेषगरी महिलाले विधिपूर्वक व्रत बसेर शिवालयमा गई पूजा आराधना गर्छन्। साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले आज बिहानै स्नान गरी शिवालयमा पूजाआजा एवं दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास रहेकोछ।

#Pashupatinath-Temple #NagarikNews