फोटो फिचर

सिन्दुर जात्रामा रंगियो थिमी, हेराैं १५ तस्बिर

काठमाडाैं-मध्यपुर थिमी नगरपालिका क्षेत्रमा बिहीबार बिहान हर्षोल्लासकासाथ सिन्दुरजात्रा अर्थात सुथः सिया जात्रा मनाइएको छ। भूकम्पको भग्नावषेशबाट निस्केको धुलो पुछ्दै सर्वंसाधरण जात्राको सिन्दुरे रंगमा रंगिए।

बिस्केट जात्राका अवसरमा मध्यपुर थिमीमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुरेजात्रा प्रसिद्ध छ। सिन्दुर जात्रा सुरुआतमा बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो।

थिमी क्षेत्रमा २३ वटा, नगदेशमा एक, बोडेमा ७, टिगनीमा १ स्थानमा बेग्लाबेग्लै खटजात्रा साथ सिन्दुर जात्रा मनाइएको छ। थिमीको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्घिकाली, नगदेशको सिद्घिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताको नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै जात्रा मनाइन्छ।

जात्रामा केटाकेटीदेखि वृद्धवृद्धासम्म सहभागी थिए ।
हेराैं सिन्दुरे जात्राका झलकः (तस्बिरः दिनेश गोले/उपेन्द्र लामिछाने)