फोटो फिचर

विश्वकर्मा पूजाको अवसरमा सवारी साधनलाई पूजा गर्दै(फोटो फिचर)

विश्वकर्माको अवसरमा गोंगबु बसपार्क क्षेत्रमा आफ्ना सवारी साधनलाई गर्दै सवारी धनी र चालकहरु

कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरुले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदै छ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ। बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ। आज पूजा गरी आइतबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ।

 

 

 

प्रकाशित: १ आश्विन २०७९ ०५:४४ शनिबार