फोटो फिचर

घोडे जात्राका रोमाञ्चक दृश्यः हेर्नुस् २० तस्बिर

काठमाडौँ-नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा परम्परागत रूपमा मनाउँदै अाएको घोडेजात्रा यो बर्ष पनि भव्य पारेको छ। सेनाद्वारा प्रस्तुत कलाबाज हेर्न राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा अोली, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सभामुख अोनसरी घर्तीलगायत मन्त्री, उच्च पदस्थ कर्मचारी टुडिखेलमा सहभागी थिए।

सो अवसरमा सो जम्प, ड्रिल राइड, गु्रप टेन्ट पेगिङ, क्रस टेन्ट पेगिङ, लान्स हिट प्याक, लान्स, पिक र क्रिज, भल्टिङ र हर्ष ह्यान्डलिङ, सिक्स बार (लेडिज) र रेनफ्री जम्प, डग सो र हेङ्गेरियन पोष्ट प्रस्तुत गरिएको थियो। साइकल दौड, म्युजिकल राइड र क्रस कन्ट्री जम्पसमेत सो अवसरमा प्रस्तुत गरियो। नेपाली सेनाले टाँगन र चार्जर घोडा दौड तथा नेपाल प्रहरीका तर्फबाट चार्जर घोडा दौड प्रस्तुत गरेको थियो।

समारोहमा राष्ट्रपति भण्डारीले म्युजिकल राइडर र सो जम्पका उत्कृष्ट प्रतियोगीलाई पुरस्कार प्रदान गर्नुभयो ।

नेपालमा घोडे जात्रालाई राष्ट्रिय पर्वका रुपमा मान्यता दिएर यो अवसरमा घोडाको कौशल एवम् रोमाञ्चक खेल प्रस्तुत गर्ने गरिन्छ। मानिस र घोडाबीचको सम्बन्ध आदिमकालदेखि नै अन्योन्याश्रित रहँदै आएको छ। महाभारतकालीन ठूला युद्धमा समेत घोडाको प्रयोग भएको इतिहास छ।

तस्बिरमा यस्तो देखियो घोडे जात्राः (तस्बिरः प्रबिन कोइराला)