भक्तपुर र काठमाडौंका मध्य सहरका गल्लीमा कतिपय विद्यार्थी काठको टेको छल्दै ज्ञानको बाटो निस्केका देखिए। निधारमा राता टीका लगाएका उनीहरुलाई अभिभावकले आशिष दिँदै परिक्षा केन्द्र पठाएका छन्। घर भत्केर शिविरमा आश्रय लिँदै आएकासमेत सगुन दही खाएर परीक्षामा सहभागी भए।
एसएलसी परीक्षामा नियमित र इक्जाम्टेड गरी कूल ६ लाख १५ हजार ५ सय ५३ परीक्षार्थीले सहभागिता जनाउँदैछन्। जसमध्ये २ लाख २५ हजार ३ सय ४६ छात्र र २ लाख २७ हजार ५ सय ३५ छात्रा सहभागिता जनाउँदैछन्।
यसैगरी इक्जाम्टेडतर्फका ६२ हजार ३ सय ८१ छात्र र ९७ हजार ३६ छात्रा गरी कुल १ लाख ५९ हजार ४ सय १७ को सहभागी छन्।
फोटो फिचर