फोटो फिचर

पशुपतिको तीज, रातो साडी र सेल्फी (फोटो फिचर)

काठमाडाैं–तीजको दिन बुधबार बिहानैदेिख पशुपतिनाथ मन्दिरमा महिलाहरूको बाक्लाे उपस्थिति छ। रातो पहिरनमा सजिएका हजाराैं महिलाको भिडले पशुपति क्षेत्र राताम्य बनेको छ। महिलाहरू पुजाअाजा सकेपछि समूहमा बाँडिएर नाचगानमा जुट्ने गरेकाछन्। नाचेर थाकेपछि उनीहरू मोबाइलमा भुल्छन्। महिलाहरू मोबाइलमा सेल्फी उतार्न मग्न छन्। खिचेका फोटो सामाजिक सञ्जालमा अपलोड गर्न उनीहरूलाई भ्याइनभ्याइ छ। 

हेराैं पशुपति क्षेत्रमा पुगेर नागरिककर्मी दिनेश गोलेले खिचेका तस्विरहरूः

सबै तस्विर दिनेश गोले