फोटो फिचर

आकाशमा चिरा

पाल्पा-एक महिनायता बारम्बार जमिन हल्लिएर तर्सिएका नेपालीहरुलाई केहीदिनयता चट्याङले पनि तर्साउन बाँकी राखेको छैन। मंगलबार बेलुका आकाशमा लामै समय चर्को आवाजसहित चट्याङ परेका दृश्य देखिए। प्रकृतिक विपदले घेरिएको नेपालमा हावाहुरी, असिनापानी र चट्याङले थप पीडा दिएको छ।

अस्थायी टहरा, पाल र खुल्ला आकासमा दिनरात काट्न बाध्य हजारौं भूकम्प पीडितलाई प्रकृतिको थप मार परेको छ। आकाशले बर्षायाम सुरु भएको संकेत गरिसकेको छ। तर महिनादिन भैसक्दा पनि भूकम्प पीडितका लागि अस्थाई आवासको जोहो भैसकेको छैन। दिनप्रतिदिन मौषम प्रतिकुल हुँदै गएको छ। भूगर्भविदहरुले यो बर्ष नेपालमा ठूलाठूला पहिरो जाने र जमिन खल्बलिने, भासिने पूर्वानुमान गरेका छन्। बाढी पहिरोले निम्त्याउने संभावित विपद सामना गर्न पूर्व तयारी गर्नुपर्ने उत्तिकै खाँचो देखिन्छ।

हेरौं मंगलबार राती पाल्पा तानसेनको आकाशमा परेको चट्याङका दृश्यः