फोटो फिचर

चाकुले मगमगाउँदै टोखा(फोटो फिचर)

चोक र गल्लीबाट आउने चाकुको वासनाले अहिले टोखा मगमगाएको छ। त्यहाँ पुग्ने जो कोहीले पनि पनि टोखा मगमगाएको अनुभव गर्दछन्।

जाडो महिनामा विशेष खपत हुने चाकु उत्पादनका लागि टोखा प्रख्यात छ।  माघे संक्रान्ति नजिकिएसँगै टोखावासीलाई अहिले चाकु र तीलको लड्डु बनाउन भ्याइनभ्याई छ।  उनीहरुलाई सख्खर पकाएर खुदो मस्काउँदै, चाकु बनाउँदैमा फुर्सद हुदैन।

यहाँ उत्पादन हुने चाकु काठमाडौँमा मात्र हैन देशका विभिन्न भागलगायत विदेशसम्म पुग्ने गर्दछ।

तस्बिर :दिपेश श्रेष्ठ/नागरिक

प्रकाशित: २१ पुस २०७८ १५:२० बुधबार

चाकुको वासना