फोटो फिचर

सुनमा कोटा र भन्सार वृद्धिको विरोधमा सडकमा उत्रिए सुनचाँदी व्यवसायी

सुनचाँदी व्यवसायी सडकमा उत्रेका छन्। नेपाल राष्ट्र बैंकले सुन आयातमा लगाएको कोटा र भन्सार वृद्धिको विरोधमा उनीहरु प्रदर्शनमा उत्रेका हुन्।

संयुक्त सुनचाँदी व्यवसायी तथा कालिगड सङ्घर्ष समितिले आइतवार माइतीघर मण्डलामा प्रदर्शन गर्दै सुनमा लगाएको सिन्डिकेट खारेज गर्नुपर्ने, अव्यवहारिक सुनको भन्सार वृद्धि तुरुन्त खारेज गर्नुपर्ने, सुनचाँदी व्यवसाय तथा कालिगड मैत्री नीति–निर्देशिका, ऐन तुरुन्त लागु गर्नुपर्ने माग गरेका छन्।

अघिल्लो वर्ष राष्ट्र बैंकले दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएकोमा बढाएर दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको थियो। तर, त्यसमा पनि भन्सार महँगो परेको भन्दै व्यापारीहरुले विरोध गरेका हुन्।

हेरौं तस्बिरमा विरोध प्रदर्शनका केही झलकहरूः

#Nepal Rastra Bank #gold #vat in gold