अन्य

रोनाल्डो सर्पले जन्मायो १२ बच्चा

रोनाल्डोले बिना मेटिङ जन्माएकी बच्चा।

जोडी नभएको सर्पले दोस्रो पटक पनि धेरै बच्चा जन्मिएका छन्। सुरुमा भाले मानिएको रोनाल्डो सर्पले दुर्लभ रुपमा मेटिङ बिना नै १२ वटा बच्चा जन्माएकी छिन्। उनले पहिलो पटक जुन २०२४ मा आफ्नो पहिला १४ वटा सर्पका बच्चा जन्माएकी थिइन्।

१४ वर्षीया ब्राजिलियन रेन्बो बोआ कन्स्ट्रक्टरले सोमबार सिटी अफ पोर्ट्समाउथ कलेज (सीओपीसी) मा बच्चा जन्माइन् ।

कलेजका पशु हेरचाह प्राविधिक पिट क्विनलानले मेटिङबिनाको जन्मको प्रक्रियालाई पार्थेनोजेनेसिस भनिने बताए। उनले भने,‘यो विशेष प्रजातिमा केवल तीन पटक मात्र भएको छ, तर एउटै सरीसृपले जोडी बिना दुई पटक बच्चा जन्माउनु अझ दुर्लभ हुन सक्छ।’

‘मैले सकेसम्म धेरै अनुसन्धान गरेको छु र मलाई यो दुई पटक भएको कुनै रेकर्ड भेटिएन।’, उनले थपे, ‘मलाई केही हप्तादेखि शंका थियो र त्यसपछि अचानक उनले अचानक गर्ववती भएको संकेतहरू देखाइन्।’

गर्भावस्थाका बेलामा गुँड बनाउने, अत्यधिक छाला झर्ने र भोक नलाग्ने लक्षण रोनाल्डोमा देखिएको उनले बताए।

रोनाल्डोले २०२४ मा १४ वटा बच्चा जन्माउँदा।

विद्यार्थीहरूले उनको व्यवहार अवलोकन गर्न सजिलो होस् भनेर रोनाल्डोलाई शान्त भिभेरियममा राखिएको थियो। अब सर्पका बच्चाहरूलाई कसरी हुर्काउने भनेर अवलोकन गरिने उनले बताए।

श्री क्विनलानले आरएसपीसीएबाट बोआ कन्स्ट्रक्टरलाई जोगाएका थिए। उनले २०२२ मा कलेजमा पशु हेरचाहको काम सुरु गरेका थिए। र, उनले आफ्नो सर्पहरूको संग्रहलाई पनि त्यहाँ सारे। ‘यहाँ आउनुभन्दा नौ वर्ष अघि उनी मेरी थिइन्’ उनले भने।

केही जनावरहरूले मेटिङबिना नै जन्माउछन्, तर यो मेरुदण्ड भएका जनावरहरूमा नौलो कुरा रहेको छ। (बिबिसीको सहयोगमा)

प्रकाशित: २१ चैत्र २०८२ १८:४८ शनिबार