अन्य

१२ घण्टामा हजार बढी पुरुषसँग सम्बन्ध राखेर ‘रेकर्ड’ बनाएकी लिली आध्यात्मिक यात्रामा फर्किइन् !

ओन्लीफ्यान्सकी चर्चित मोडल लिली फिलिप्सले हालै पुनर्बप्तिस्मा (बप्तिस्मा ईसाई धर्मको एक महत्त्वपूर्ण संस्कार हो। यो पानीको प्रयोग गरेर गरिने दीक्षा संस्कार हो, जसले व्यक्तिको पापहरू धोइने, नयाँ जीवनको सुरुवात र यशू ख्रिष्टसँगको एकताको प्रतीक गर्छ) लिएकी छन्। 

उनका अनुसार यसले उनको आध्यात्मिक विश्वाससँगको सम्बन्धलाई पुनः मजबुत बनाएको छ। व्यक्तिगत जीवनका चुनौतीहरूपछि यो कदम चालेको बताएकी छन्। उनी यो क्षणलाई आध्यात्मिक जीवनको पुनर्मूल्यांकनको रूपमा वर्णन गर्छिन्।

डेली स्टारसँगको कुराकानीमा फिलिप्सले सधैँ क्रिश्चियनको रूपमा पहिचान गरेको र बच्चामा बप्तिस्मा लिएको बताइन्। उनको दाबी अनुसार बाल्यकालमा धर्मले महत्त्वपूर्ण भूमिका खेलेको थियो। परिवार नियमित चर्च जान्थ्यो र क्रिश्चियन समुदायमा संलग्न थियो। एक आफन्त पादरी थिए, जसले उनको प्रारम्भिक जीवनमा विश्वासलाई निरन्तर बनाएको थियो।

यसअघि सन् २०२४ मा लिलीले एकै दिनमा एक सय एक पुरुषहरूसँग सुतेर विश्वव्यापी चर्चा कमाएकी थिइन्। पछि सन् २०२५ मा १२ घण्टामा एक हजार ११३ पुरुषहरूसँग सुतेर आफ्नै दाबी गरिएको विश्व रेकर्ड तोडेको बताएकी थिइन्।

उनी जीवन र करियर व्यस्त हुँदै जाँदा उनको आध्यात्मिक विश्वाससँगको सम्बन्ध बिस्तारै टाढिँदै गएको बताउँछिन्। उनलाई बारम्बार यात्रा र व्यस्त तालिकाले नियमित चर्च जान कठिन भयो। तैपनि प्रार्थना उनको जीवनको हिस्सा रहेको उनले उल्लेख गरेकी छन्। उनी सम्भव हुँदासम्म  प्रायः छोटो समयका लागि प्रार्थना गर्थिन्। चर्चभित्रै प्रार्थना गर्नु आवश्यक नभएको महसुस उनलाई हुन्थ्यो।

गत आइतबार भएको पुनर्बप्तिस्माले उनलाई परमेश्वरसँगको सम्बन्ध सचेत रूपमा पुनः पुष्टि गर्ने अवसर दिएको रूपमा लिएकी छिन्। उनले यो अनुभवलाई सकारात्मक र स्पष्टतापूर्ण बताइन्।

विश्वासको पुनः खोजीले उनको करियरलाई पनि प्रभाव पारेको छ। सन् २०२६ मा हेर्दा वयस्क सामग्रीको काम पछाडि पारेर अन्य पक्षहरूलाई प्राथमिकता दिन चाहेको उनले बताएकी छन्। उनी अझै सबै कुरा पत्ता लगाइरहेकी छन्। तर परिवर्तनको दिशामा अघि बढेको संकेत उनमा देखिन्छ।

फिलिप्सले आफू उभयलिंगी भएको उल्लेख गर्दै महिलासँग सम्बन्धको कल्पना गर्न सक्ने बताइन्। उनले यो पुनर्बप्तिस्मालाई नाटकीय परिवर्तन नभई निरन्तर यात्राको हिस्सा भएको बताएकी छन्।

यो खबरले सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया पाएको छ। केहीले प्रेरणादायी मानेका छन् भने केहीले विगतको जस्तै स्टन्टको शंका गरेका छन्। एजेन्सी

प्रकाशित: १९ पुस २०८२ १३:२६ शनिबार