संयुक्त अरब इमिरेट्स (यूएई) का चर्चित डिजिटल क्रिएटर तथा उद्यमी खालिद अल अमेरी नेपाल आइपुगेका छन्। उनी हालै रसुवामा आएको भोटेकोशी बाढीबाट प्रभावितलाई सहयोग गर्न नेपाल आएका हुन्।
नेपाल पुगेपछि उनले सामाजिक सञ्जालमार्फत भोटेकोशी विपत्तिबाट प्रभावितलाई सहयोग गर्न र घटनाबारे जनचेतना फैलाउन आफू आएको बताएका छन्।
‘हामी नेपाल आइपुगेका छौं। यहाँ हालै भएको दुःखद घटनामा सहयोग गर्न र जनचेतना फैलाउन आएका हौं। हामी चार वर्षअघि पनि नेपाल आएका थियौं र यहाँको समुदायले हामीलाई धेरै माया दिएको थियो। यसपटक हामी केही सकारात्मक योगदान गर्न सक्छौं भन्ने आशा छ, इन्साअल्लाह,’ उनले लेखेका छन्।
अमेरी यूएईका चर्चित डिजिटल क्रिएटर, कथावाचक र उद्यमी हुन्। उनले सामाजिक सञ्जालमार्फत सांस्कृतिक विविधता, दैनिक जीवन र मानवीय सम्बन्धसँग जोडिएका मनोरञ्जनात्मक सामग्री बनाउँदै आएका छन्।
प्रकाशित: २० भाद्र २०८३ १२:०९ शनिबार