अन्य

पूर्व एफबीआई प्रमुख रोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन

अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा कथित रूसी हस्तक्षेपबारे अनुसन्धान नेतृत्व गरेका पूर्व विशेष वकिलरोबर्ट मुलरको ८१ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युको कारण तत्काल खुलाइएको छैन।

परिवारले जारी गरेको वक्तव्य अनुसार मुलरको शुक्रबार राति निधन भएको हो। परिवारले गोपनीयताको सम्मान गर्न सबैसँग अनुरोध गरेको छ। बीबीसीका अमेरिकी साझेदार सीबीएस न्यूजले पनि उनको निधनको पुष्टि गरेको छ।

मुलरले सन् २००१ देखि २०१३ सम्म संघीय अनुसन्धान ब्यूरो (एफबीआई) को नेतृत्व गरेका उनले ११ सेप्टेम्बर २००१ को आतंकवादी हमला हुनुभन्दा केही दिनअघि मात्र पदभार ग्रहण गरेका थिए।

उनको निधनप्रति पूर्व राष्ट्रपति जर्ज डब्लु बुश र बाराक ओबामाले श्रद्धाञ्जली व्यक्त गरेका छन्। बुशले उनलाई ‘देशको सुरक्षामा महत्त्वपूर्ण योगदान दिने नेता’ भनेका छन् भने ओबामाले ‘कानूनको शासनप्रति प्रतिबद्ध उत्कृष्ट सार्वजनिक सेवक’ का रूपमा सम्झेका छन्।

पूर्व एफबीआई निर्देशक जेम्स कोमीले पनि मुलरलाई ‘महान अमेरिकी’ भन्दै श्रद्धाञ्जली दिएका छन्।   

प्रकाशित: ८ चैत्र २०८२ १०:५६ आइतबार