मानिसलाई जे नगर्नु भनेको हुन्छ, उसले त्यही गर्नुपर्छ। शनिबार एक्स्ट्रीम धरानको मिटिङमा कोसीमा र्या'फ्टिङ जाने कुरा सुनेर सुरुमा झसंग भए। बर्खाका बेला पनि र्याहफ्टिङ! त्यो पनि सप्तकोसीमा! सोमबार (साउन ११ गते) चतराघाटदेखि र्यांफ्टिङ जाने निर्णय भयो।
धरानका कांग्रेस नेता मदन ढकाल दाइले नौ वर्षअघिदेखि तमोर रिभर एडभेन्चर प्रालि चलाइरहेका छन्। ताप्लेजुङको दोभानदेखि चतराघाटसम्म सात दिने र धनकुटाको मुलघाट (तमोर) देखि कोसी चतराघाटसम्म एकदिने र दुईदिने प्याकेज छ। मुलघाटदेखि चतराघाटसम्म मजा लिइसकेको छु। त्यो अनुभव हिउँदको। जति बेला कोसी सङ्लो हुन्छ। बाढीको खतरा हुँदैन। र, पनि र्याइपिडमा मुटु छातीभित्र छैन झंै बनाउँछ। अहिले त बर्खा। कोसी रिसाएर उर्लियो भने? मनमा कताकता डर थियो। उत्सुकता र रोमाञ्चकता पनि त्यस्तै।
एक्स्ट्रीम धरान, साहसिक पर्यटनसम्बद्ध संस्थाका अगुवा मिलेर गठन गरेका हुन्। र्या।फ्टिङ, प्याराग्लाइडिङ, साइक्लिङ, धराने ट्रेकर, एङलिङ, रोयल इस्टर्न इन्पि्कल्डर्स (बुलेट राइडर), मोडिफिकेसन धरान, गल्फलगायत झन्डै दर्जन संस्था छन्। एक्स्ट्रीम र प्रालिको सहकार्यमा कोसीमा पहिलोपटक मनसुन र्या फ्टिङ हुँदै थियो। यसलाई 'हाई वाटर' र्यादफ्टिङ वा अफ सिजन र्यारफ्टिङ भनिँदो रहेछ।
असार लागेपछि तमोरमा र्यायफ्टिङ बन्द हुन्छ। विकल्पमा कोसीको तल्लो तटीय क्षेत्रमा र्याोपिड नभएकाले मनसुनमा पनि गराउन सकिन्छ कि! परीक्षण हुन बाँकी थियो।
चतराघाटमा नास्ता खाएर बोटमा चढ्दा घडीको सुईले ११ बजाइसकेको थियो। हेल्मेट, लाइफ ज्याकेट लगाएर प्याडल हातमा लिएपछि गाइड साइँलाले ब्रिफिङ गरे। तीन जना गाइडबाहेक हामी १५ जना थियौं। दुई बोटमा बाँडियौं। एउटामा साइँला लिडर भए। अर्कोमा सेतु अर्था जीवन सिलवाल।
सेतुसँग १५ वर्षको र्या फिटङ अनुभव छ। तर, मनसुनको हाई वाटर र्याडफ्टिङ सबैका लागि पहिलो अनुभव थियो। सधैं सङ्लो बहने कोसीको रूप फेरिएर धमिलो छ। तर पनि दुवै किनारको हरियालीले मनलाई हरियै बनाइरह्यो। कोसी जति उर्लिन्छ, छालमाथि बोट पनि उसैगरि मच्चिएर अघि बढ्दा रोमाञ्चित हुन थाल्यो। केही समयअघिको डर एक्कासि कता हरायो। तमोरमा जस्तो ठूला र्यानपिड भने कतै देखिएन। धमिलो पानी नै सही, साथीले मन थाम्नै सकेनन्। दुवै बोटबाट फुत्तफुत्त फाल हानेर पौडिन थाले। लाइफ ज्याकेट छँदै छ, केको डर! सेतुले नदीको बीच भागतिर नजान सुझाइरहे। फोटोेमात्रै खिचेर मन अडिएन। पौडिन जान्दिनँ तैपनि कोसीमा फाल हानेँ। लाइफ ज्याकेटको मद्दतले पौडिने प्रयत्न गरेँ।
कोसीको भँगालो फाटेर बीचबीचमा धेरै टापु बनाएको सुनेको छु। ती टापु कस्ता होलान्? जिज्ञासा थियो। तीमध्ये श्रीलंका टापुमा किंवदन्तीझैं लाग्छ। कोसीको बीचमा त्यहाँका मानिस कसरी बसेका होलान्? धेरै अघिदेखिको इच्छा भए पनि पुग्न पाएको छैन। मनसुन र्यालफ्टिङले ती टापु नजिकबाट नियाल्ने मौका मिल्यो। तर, कुन टापुको नाम के हो? पत्तो भएन। श्रीलंका टापु कति बेला पार भयो त्यो पनि सुइँको नै पाएनौं। कोसीको रूप र यसले मच्चाएको बितण्डालाई यति नजिकबाट पहिलोपटक हेर्दै थिएँ। कटान रोक्न ठाउँठाउँमा तटबन्ध छ। र पनि, मानिसलाई त्रास छ। तटबन्धमाथिबाट कोसीलाई नियालिरहेकाहरू थुप्रै थिए। किनारमा काठको ठुटा गाडेर तारले बारेको थियो, त्यहाँ झास, ठुटा अड्किएर कटान रोक्छ भनेर हुनुपर्छ।
केटाकेटी विनाडर कोसीमा फाल हान्दै पौडिएको दृश्य रमाइलो थियो। कोसीले बगाउँदै ल्याएको रूखका ठुटा, दाउरा संकलन गर्दै गरेको, माछा मार्दै गरेको दृश्य पनि सहरियाको लागि त नौलौ नै हो। एक ठाउँ बीच टापुमा रोकियौं। साइक्लिस्ट सन्तोष राई हिलोमा लडीबुडी गर्न थाले। 'विदेशी यसैका लागि खर्च गर्छन्, हामीले त सित्तैमा पो पायौं। हेल्थको लागि धेरै राम्रो हो,' उनले यसो भनिरहँदा हामी चैं रमाइलो मान्दै हास्यौं।
झन्डै तीन घन्टा यात्रापछि प्रकाशपुरस्थित कोसी किनारमा रोकियौं। गाइड सेतुले बनाएको स्वादिलो खाना, खायौं। हामी रोकिएको ठाउँदेखि कोसी टप्पु वन्यजन्तु आरक्ष सुरु हुने रहेछ। हामीले आरक्षबीचको 'वाइल्ड लाइफ' नियाल्दै कोसी ब्यारेज पुग्ने लक्ष्य लिएका थियौं। त्यसैले बीचमा कतै रोकिएर अलमल नगरेको। आरक्ष खासगरी चराचुरुंगी र जंगली भैंसी अर्नाको बासस्थान हो। यहाँ गोही, हात्ती र डल्पि्कनसमेत पाइन्छ। आरक्षभित्र अनुमतिविना जान नपाइने। नेपालीले प्रतिव्यक्ति दुई सय तिरेपछि बोटिङ गर्दै जान पाइने। चार बजे आरक्षको क्षेत्र पार गरिसक्नुपर्ने सर्त आयो। घडीले दुई बजाइसकेको थियो। ब्यारेज पुग्न अझै १८ किलोमिटर बाँकी थियो। पार गर्न सकिँदैन भन्ने निष्कर्षमा पुग्यौं। र्याेफ्टिङ त्यहीँ अन्त्य गर्ने निर्णय गर्यौंय, अर्कोपटक ब्यारेजसम्मै पुग्ने वाचाका साथ।
मनसुनसँगै गर्मी पनि असाध्यै छ। तराई र भारतबाट यो बेला धरान हुँदै भेडेटारसम्म चिसोमा रमाउन धेरै पुग्छन्। ती पर्यटकलाई र्यानफ्टिङमा आकर्षित गर्न सके बसाइ लम्बिनेछ। हिउँदमा तमोरको जस्तो खतरानाक र्या पिड पनि छैन। त्यसैले १० देखि ६० वर्षका वृद्धवृद्धासम्मले पनि हाई वाटर र्यामफ्टिङको मजा लिन सक्ने सेतुले बताए। दिनको दुई हजार पाँच सय तिर्नुपर्ने प्याकेज महँगो पनि छैन। प्रालिले चतराघाटसम्म गाडीमा पुर्यायउँछ। मिठो खाना खुवाउँछ र गाडीमै धरानसम्म ल्याउँछ। दुई दिन एकराते प्याकेजमा आरक्षको रिसोर्टमा वाइल्ड लाइफसँग नजिक भएर रात बिताउन सकिने प्रालि सञ्चालक मदन ढकालले बताए।
प्रकाशित: १५ श्रावण २०७२ २२:२३ शुक्रबार


