अन्य

साताको सेयर कारोबार सुस्त

काठमाडौं, पुस २२ (नागरिक) - सेयर बजारमा गत साता कारोबार सुस्त भएको छ। समग्र बजार परिसूचक घटेको छ भने कारोबार रकममा पनि ह्रास आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार सातामा १०२ कम्पनीको कारोबार भएको थियो। जम्मा ५३८८ कारोबारबाट ४४ करोड २५ लाख १९ हजार हजार रुपैयाँ बराबरका १३ लाख ४३ हजार ९ सय ८७ कित्ता सेयरहरु खरीद बिक्री भएको एक्सचेन्जले जनाएको छ।
अघिल्लो साता १०६ कम्पनीहरुको कारोबार भएको थियो। उक्त साता ७३८३ कारोबारबाट ७३ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरका २० लाख १३ हजार २ सय ६९ कित्ता सेयरहरु खरीद बिक्री भएका थिए। कारोबार रकममा गत साताको तुलनामा ३९.८४ प्रतिशतले ह्रास भएको हो। कूल कारोबार मध्ये 'क' वर्गका कम्पनीहरुको मात्र २६ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। यो कूल कारोबारको ६०.६४ प्रतिशत हो।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ०.४७ अंकले ह्रास भई अन्तिम दिन ५३३.४६ अंकमा पुगेको छ। कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, होटल, वित्त र विकास बैंक समूहले समग्र नेप्सेलाई झारेका हुन।
'क' वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ०.३७ अंकले ह्रास भई १३५.८३ अंकमा आईपुगेको छ। यस साता कारोबार रकम ( ५ करोड २७ लाख रुपैयाँ) को आधारमा बैंक अफ काठमान्डु अग्रस्थानमा छ। त्यसैगरी कारोबार भएको सेयर (१ लाख ६२ हजार १ सय ८ कित्ता) को आधारमा एस डेभलपमेन्ट बैंक अग्रस्थानमा छ। कारोबार संख्याको आधारमा (४५५) को आधारमा पनि बैंक अफ काठमान्डु अग्रस्थानमा छ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि ४ दिन खुला रह्यो।
यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन।

 

प्रकाशित: २१ पुस २०६९ १९:४१ शनिबार