अन्य

बलात्कार र ज्यान मुद्दाका ओरोपी पूर्व प्रहरी पक्राउ

सर्लाही- जिल्ला प्रहरी कार्यालय सर्लाहीले हातहतियार, हत्या र बलात्कार अभियोगमा फरार पूर्व प्रहरी जवानलाई पक्राउ गरेको छ। एक वर्ष अघि सशस्त्र प्रहरीमा कार्यररत सहोदर भाई ३० वर्षीय अमेन्द्र कुमार सिंहलाई गोली प्रहार गरी हत्या गरेको आरोपमा निलम्बित प्रहरी सुदामा–४ का ३५ वर्षीय सरोज कुमार सिंहलाई पक्राउ गरीएको हो।पक्रउ परेका सरोजले ०७२ बैशाख २५ गते सहोदर भाई अमेन्द्र कुमार सिंहलाई गोली हानी हत्या गरेका थिए।

सहोदर भाइको हत्या पछ फरार सिंह बलात्कार आरोपमा समेत प्रहरीले खोजी सूचीमा राखेको थियो। ०७२ असोज ४ गते सुदामा ४ स्थित गाविस भवनमा २५ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा उनलाई प्रहरीले खोजिको सूचीमा रोखेको थियो।

मलंगवा–८ बाट हतियार सहित पक्राउ परेपछि सिंहलाई हात हतियार तथा खरखजना मुद्दा अन्तर्गत जिल्ला प्रशासन कार्यालय सर्लाहीले ०६१ साल चैत १७ गतेका दिन ६ हजार जरिवना र २ वर्ष कैद समेत गरेको थियो।

प्रकाशित: १४ चैत्र २०७२ ०५:३८ आइतबार