अन्य

वियरको बोतलले हानेर बुबाको हत्या

सिरहा- सिरहाको धनगडिमाई नगरपालिका १० को सदाय बस्तीमा छोराले वियरको बोतल प्रहार गरी बुबाको हत्या गरेका छन्। लक्ष्मी सदाय(४८)लाई हत्या गरेको आरोपमा छोरा सन्जय सदा (१९)लाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजकुमार केसीले जानकारी दिए।समान्य विवाद हुँदा सन्जयले बुबामाथि वियरको बोतलले प्रहार गरेको प्रहरीले जनाकाए छ। बियरको बोतलले टाउकोमा गम्भीर चोट लागेका लक्ष्मीको उपचार अभावमा घटनास्थलमै मृत्यु भएको थियो। घटनास्थलमा प्रहरी टोली ढिला पुगेकाले उपचार केन्द्रसम्म पुर्याउन नपाउँदै उनको मृत्यु भएको स्थानीले बताए।

घटनाको थप कारण केलाउन पक्राउ अनुसन्धान भैरहेको केसीले बताए।

प्रकाशित: ११ चैत्र २०७२ २१:३२ बिहीबार