अन्य

लागूऔषधसहित दुई पक्राउ

रौटहट– चन्द्रपुर नगरपालिका ८ पौराइको होटल सिन्धुलीबाट दुईजनालाई प्रहरीले लागूऔषधसहति पक्राउ गरेको छ।काठमाडौं जिल्ला नागार्जुन नगरपालिका–३ का २७ वर्षीय दु्रप्त केसी र सोही गाविसका १८ वर्षीय राजकुमार लामिछानेलाई ८ सय ४० पिस ट्याब्लेटसहित पक्राउ गरेको चन्द्रनिगाहापुर इलाका प्रहरी कार्यालयका डिएसपी मनोज यादवले बताए।

केही दिनेदेखि पौराइकै होटेलमा बसिरहेका उनीहरुलाई प्रहरीले शंकाको आधारमा उनीहरु बसेको कोठामा छापामारी गरे पक्राउ गरेको जनाएको छ।

प्रहरीले उनीहरुको साथमा रहेको बा २९ प ३११८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको जनाएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाकारी दिएको छ।

प्रकाशित: १० चैत्र २०७२ ०१:०४ बुधबार