अन्य

भक्तपुरको मौलिक होली

भक्तपुरमा मनाइने चाडपर्व नेपालमा मात्र हैन, विश्वमै नामी छन्। यहाँ मनाइने बिस्केट जात्रा होस् वा गाईजात्रा होस्। अझ यहाँ मनाइने होली अर्थात् फागु पर्व त झनै आफ्नै मौलिक शैलीको छ। अचेल होली भन्नासाथ एकआपसमा रङ दल्नेदेखि लोला हान्ने मानसिकता सबैमा हुन्छ। तर, भत्कपुरमा होली पर्वको शुरुवात फागुण पूर्णिमाको एक हप्ताअघिदेखि नै सुरु भइसकेको हुन्छ।फागुण शुक्ल अष्टमीको दिन भत्कपुरको तचपाल टोलको भीमसेन मन्दिरबाट होली सुरु हुन्छ। यसदिन बिहानपख तचपाल टोलको उत्क मन्दिर वरपर दुईजना व्यति्कले डोरीले बाँधेको अवस्थामा तीन हात जति लामो करिब ३० इन्च जति मोटो एउटा काठको लिंग बोकी प्रत्येक घर पसल अगाडि तेर्स्याइन्छ। पहिला–पहिला उत्क लिगंको पूजा गर्ने चलन थियो। अचेल लिंगलाई ढोगी दक्षिणामात्र चढाउने गर्छ। वास्तवमा यसलाई भीमसेनको लिंग मानिन्छ। यसरी तचपाल टोल वरपर लिंगको परिक्रमापछि भीमसेन मन्दिरभित्र उत्क लिंग झुन्डाइन्छ। जुन लिंग हल्लाउने बेला एउटा योनी आकारको रातो कपडाभित्र पस्छ। यसलाई द्रौपदीको योनि मानिन्छ। यसलाई स्थानीय भाषामा 'चिर स्वायेगु' भन्ने चलन छ। यस दिनदेखि भत्कपुरमा होली सुरु हुन्छ। भत्कपुरको टोल–टोलमा रहेको पाटी, पौवा, सतल, चोक, बह, दवलीमा साँझतिर दाफा गाउने क्रममा होलीका गीत गाउन थालिन्छ। भत्कपुरको तचपाललगायत ठाउँ–ठाँउमा रहेको भीमसेन देवताको मन्दिरमा मेला लाग्छ। यसमा भीमसेनस्थानको परदेशी भीमसेनको मेला विशेष हुन्छ। नेवार समुदायको विशेषता मानिएको गुठीसमेत यही समयमा धुमधामका साथ मनाएको हुन्छ। टोल–टोलमा युवा प्रौढ होलीका गीतसँग एकआपसमा रमाइलो गरिरहेका हुन्छन्। बुढापाकाहरू 'भिसीं द्यःया लज खङ लो वान ला ल्यासे, बिस्यु वाने मायक स्व वया ला' अर्थात् भीमसेनको लिंगदेखि मोह लाग्यो कि भाग्नुपर्ने गरी हेर्न आयो कि जस्ता गीत गाउँछ। त्यस्तै युवाहरू 'अविरया होली तँचाया ल्यासे, अविरं छगुं ख्व हिसी दय्क ब्यु' अबिरको होली, रिसायो कि, अबिरले तिम्रो अनुहार साह्रै राम्रो देखिन्छ भावका गीत गाउँछ।

नेपाल एवं भारतका ठाँउ–ठाँउमा समेत फागु वा होली मनाउँदा विशेष गरी कतै कृष्ण र गोपिनीसँग सम्बन्धित भएको हुन्छ त कतै प्रह्लाद र होलिकासँग सम्बन्ध भएको पाइन्छ। दैत्यराज हिरण्यकशिपुले आफ्ना विष्णुभत्क छोरा प्रह्लादलाई बहिनी होलिकासँगै आगोमा राखी दाह गर्ने प्रयास गरेको तर प्रह्लाद नभई अग्निले नछुने होलिका नै दाह भएको घटनालाई लिई यो पर्वको नाम नै होली भएको र त्यहि अनुरूप यो पर्व मनाउँदै आएको पाइन्छ। कतै–कतै यो समयमा वसन्त ऋतुको आगमन भएको कारण कामदेवसँग पनि जोडिएको छ। तर, भत्कपुरमा यो पर्व भीमसेनसँग सम्बन्धित छ। जुन अन्य ठाँउभन्दा बिल्कुलै फरक अनि मौलिक छ। त्यसो त नेवार समाजमा भीमसेनलाई व्यापार–व्यवसाय तथा नगदे बालीका देवताका रूपमा पुजिन्छ। तर, यहाँ चिर स्वायेगुको दिनदेखि नै भीमसेनको मन्दिरबाट सुरु भएको हप्तादिन लामो यो पर्वको अन्तिम दिनसम्म पनि भीमसेनसँग नै सम्बन्धित भएको पाइन्छ। होलीको अन्तिम दिन अर्थात् पूर्णिमाको दिनभर रमाइलो गरिसकेपछि भीमसेन मन्दिरमा झुन्डयाएको उत्क काठको लिंग बोक्न तँछाडमछाड हुन्छ। हप्तादिनपछि उत्क काठको लिंग एकजना व्यति्कले बोकी सूर्यमढी च्याम्हासिंह हुँदै ब्रह्मायणी पीठ समिपको ब्रह्मकुण्डमा पखाली पुनः मन्दिरभित्र थन्काउने गर्छ। जो व्यति्कले यो काम सम्पन्न गर्छ, उसको छोरा हुन्छ भन्ने मान्यताले त्यहाँ लिंग बोक्नेको भीड लागेको हुन्छ। भत्कपुरमा यो मौलिक शैलीको होली कहिलेदेखि मनाउन थालिएको हो भन्ने कुनै लिखित इतिहास अहिलेसम्म भेटिएको छैन। तर, तचपालस्थित भीमसेनको मन्दिरको स्थापना १७ औँ शताब्दीका भत्कपुरका प्रख्यात राजा जगतप्रकाश मल्लको समयमा भएको इतिहास छ। सम्भवतः भत्कपुरको मौलिक शैलीको होलीको प्रचलन त्यही समयदेखि आएको हुन सक्छ। भत्कपुरको प्रसिद्ध दतात्रेय मन्दिरअगाडि रहेको भीमसेन मन्दिर कतै भत्कपुरको होली पर्वकै लागि बनेको त होइन अध्ययनको विषय बनेको छ। यिनै जगतप्रकाश मल्लको समयमा ने.स.७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत पाइएका कारणले यसको थप पुष्टि हुन आएको हो।

प्रकाशित: ९ चैत्र २०७२ ०२:४८ मंगलबार