अन्य

हतियारसहित एक पक्राउ

इटहरी- सुनसरी प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी पश्चिम कुसाहा-५ का २५ वर्षीय इन्द्रदेव दासलाई पेस्तोलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। पक्राउ परेका दासको गम्भीर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बिनोद घिमिरेले बताए।

प्रकाशित: ९ चैत्र २०७२ ०१:०६ मंगलबार