अन्य

मलमूत्र खुवाउने पक्राउ

गाईघाट (उदयपुर)– सुन्दरपुर गाविस–५ का सहरीदेवी सदालाई बोक्सीको आरोप लगाएर कुटपिट तथा मलमूत्र ख्वाउने एक जनालाई प्रहरीले आज पक्राउ गरेको छ।


पक्राउ पर्नेमा स्थानीयवासी देवकी सदा छिन्। सोही स्थानका सञ्जय सदा भने फरार रहेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

यही चैत ६ गते बिहान देवकी र सञ्जयसहितको टोलीले सहरीदेवीका घरमा आएर उनी बोक्सी भएको भन्दै मलमूत्र खुवाएको पीडितलाई उद्धृत गर्दै बेल्टारका प्रहरी निरीक्षक भीमप्रसाद सिलवालले बताए। रासस

प्रकाशित: ८ चैत्र २०७२ ०६:०२ सोमबार