अन्य

३० किलो गाँजासहित ३ पक्राउ

लहान– सीमावर्ती भगवानपुरबाट ३० किलो लागूऔषध गाँजासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।


पक्राउ पर्नेमा अमिरी यादव, जोखन मण्डल र घुरन पासवान रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाचु चौधरीले जानकारी दिए।

भगवानपुर ३ स्थित खेतमा खाल्डो खनी ड्रममा लुकाई राखेको अवस्थामा उक्त गाँजासहित उनीहरुलाई पक्राउ गरी लागूऔषध मुद्धामा कारबाही शुरु गरिएको चौधरीले बताए।

प्रकाशित: ८ चैत्र २०७२ ०३:३४ सोमबार