अन्य

बालिका अपहरणकारी पक्राउ

ललितपुर– ललितपुर उपमहानगरपालिका–९ बालकुमारी बस्ने बलराम पाण्डेकी ८ वर्षीया छोरी सम्झना पाण्डेलाई अपहरण गरी बन्धक बनाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।


ललितपुर बालकुमारी बस्ने काभ्रे सिमथली–५ का १६ वर्षीय भिमसेन भण्डारी र १६ वर्षीया विनिता बास्कोटालाई पक्राउ गरेको प्रहरीले जनाकारी दिएको छ।

चैत १ गतेदेखि हराई बेपत्ता भएको सूचना प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं चाबहिलस्थित पूर्वेली गेष्ट हाउसको कोठा नम्बर ३०२ मा बन्धक बनाई राखेको अवस्थामा फेला पारी बालिकाको उद्धार गरी दुबैजना अपहरणकारीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७२ ०१:०९ बुधबार