अन्य

कल वाइपास गरी फरार रहेका श्रेष्ठ पक्राउ

लहान—कल वाइपास गरी दूरसञ्चार राजस्व ठगी मुद्दामा फरार एक अभियुक्तलाई सिरहा प्रहरीले गएराति पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको असनपुर गाविस–६ घर भई हाल गोलबजार नगरपालिका–७ निवासी ३७ वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।विसं २०७२ असोज २० गते जिल्ला प्रहरी कार्यालय सिरहामा दूरसञ्चार राजस्व ठगी मुद्दाअन्तर्गत श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएपछि उनी फरार रहेका थिए।

फरारपश्चात् श्रेष्ठलाई विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए। रासस

प्रकाशित: ३० फाल्गुन २०७२ ०१:१७ आइतबार