नुवाकोट छाप्रे–३ का ४१ वर्षीय कृष्ण केसीले आफ्नै श्रीमती ३५ वर्षीया सपना थापालाई घरायसी झगडाको कारण सोमबार ढुङ्गा फुटाउन प्रयोग गर्ने हम्मरले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको छ प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
अभियुक्त केसीलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित: २५ फाल्गुन २०७२ ०६:०४ मंगलबार