अन्य

क्यासिनोमा जुवा खेल्ने ४ नेपाली पक्राउ

विराटनगर– विराटनगर—१५ स्थित रत्ना होटलमा सञ्चालित मिनी क्यासिनोबाट ४ नेपाली पक्राउ परेका छन्।क्यासीनोमा नेपालीहरू पनि जुवा खेल्न जाने गरेको सूचनाका आधारमा आइतबार बेलुका छापा मार्दा जुवा खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा मोरङ कटहरी—५का रञ्जित पौदार, विराटनगर—८ का रविकुमार गेडी, क्यासिनो म्यानेजर शिवराज राई र सुपरभाइजर उमेश कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। पक्राउ परेकाहरूबाट १३ हजार ८ सय रुपैयाँ बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रकाशित: २४ फाल्गुन २०७२ ०३:०९ सोमबार