काठमाडौं– नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनले खेलकुद पत्रकार सुमन भोम्जनको स्मृतिमा फागुन २२ मा 'सुमन भोम्जन मेमोरियल क्लाइम्बिङ मिडिया कप' हुने भएको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्पोर्ट क्लाइम्बिङ सेन्टरमा हुने प्रतियोगिता बोल्ड रिङ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनायो । खेलकुद विधामा कलम चलाउने पत्रकारको सहभागिता रहने प्रतियोगितामा विजेताले ३ हजार, द्वितीयले २ हजार र तृतीयले १ हजार नगद पुरस्कार पाउनेछन् । खेल पत्रकार भोम्जनको वैशाख १२ को भूकम्पमा निधन भएको थियो ।
प्रकाशित: २० फाल्गुन २०७२ २०:३८ बिहीबार