अन्य

रसिया पढाइदिने भन्दै ११ लाख ठग्ने कल्सन्टेन्सी संचालक पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनी ठगी गर्ने इमिग्रेन्ट कन्सल्टेन्सी प्रालीका सञ्चालक लम्जुङ्ग चन्द्रेश्वर गाविस–२ का २२ वर्षीय सुजन लम्साल र पाल्पा रामपुर–२ घर भएका २१ वर्षीय प्रमोद घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ।


उनीहरुले बागबजारमा कन्सल्टेन्सी खोली बैदेशिक रोजगारीको लागि रसियामा पठाई दिन्छु भनी लम्जुङ्ग बेशिसहर नगरपालिका–२ घर भएका २७ वर्षीय विष्णुहरि अधिकारीसँग र २४ वर्षीय राजेश अधिकारीसँग ५÷५ लाख रुपैयाँ तथा लम्जुङ्ग दुराडाँडा–६ घर भएका २२ वर्षीय साधुराम बसेलसँग १ लाख ५० हजार रुपैयाँ गरी ११ लाख ५० हजार रुपैयाँ लिई रसिया नपठाई ठगी गरेका थिए।

पीडितहरुले महानगरीय अपराध महाशाखामा आई निवेदन दिएपछि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धान गर्दा विद्यार्थीहरुबाट डकुमेन्ट जम्मा गरी ठूलो रकम लिई मेनपावरमार्फत विदेश पठाउने गरेको खुल्न आएको जनाइएको छ। कन्सल्टेन्सीबाट बरामद हुन आएका १९ थान राहदानी र विभिन्न डकुमेन्टसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँैमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित: २० फाल्गुन २०७२ ०१:३४ बिहीबार