पर्सा—आफ्नै छोरीको हत्या गर्ने वीरगञ्ज उपमहानगरपालिका–१९ स्थित चिया पसल गरी बस्ने बारा कलैया नगरपालिका–२ घर भएकी ३६ बर्षीया अनिता देवीलाई प्रहरीले पक्राउ गरेको छ।१४ महिनाकी छोरी रूपा कुमारीलाई फागुन १३ गते साँझ आफ्नै पसलमा सुताएको स्थानबाट बेपत्ता पारिएको भन्ने उनको सूचनाको आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा फागुन १४ गते सोही ठाउँ स्थित ईन्डो अस्पताल नजिकै खाली चौरमा हत्या गरी फालेको अबस्थामा बालिकाको शव फेला परेको थियो।
उक्त घटनाको अनुसन्धानको लागि उनी सहित उनका पहिलाका र हालका श्रीमानहरूलाई नियन्त्रणमा लिई अनुसन्धान गरिएको थियो। अनुसन्धानपछि अनिता देबी स्वयम्ले नै अत्यधिक मादक पदार्थ सेवन गरी सुताएको स्थानबाट उठाई घाँटी गर्धन थिचेर हत्या गरेको पुष्टि भएको थियो। पक्राउ परेकी अनितादेबीले घटना स्वीकार गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०७२ ०८:२० बुधबार