बर्दीया— धधबार–८ बस्ने २३ बर्षीया सीता चौधरीले बिष सेवन गरी ४ बर्षीया जुम्लिया छोरीहरुलाई समेत बिष सेवन गराउँदा एक छोरीको मृत्यु भएको छ। विष सेवन गरेकी सीता र अर्की एक छोरीको अवस्था गम्भीर बनेको छ।सीता चौधरीले बुधबार अाफूले विष सेवन गरेपछि जुम्लिया छोरीहरुलाई गंगा चौधरी तथा जमुना चौधरीलाई नाम खुल्न नसकेको बिषादी खुवाएकी थिइन्। विषका कारण असक्त भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको थियो। उपचारको क्रममा गंगाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
प्रकाशित: १९ फाल्गुन २०७२ ०८:१९ बुधबार