अन्य

त्रिभुवन विमानस्थल भन्सारमा सिआइबीको छापा

काठमाडौं-प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रमा बुधबार साँझ छापा मारेको छ।ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राष्ट्रिय सुरक्षामा खतरा पुर्ययाउने वस्तु ल्याइएको भन्ने सूचनाका आधारमा छापा मारिएको जानकारी दिए।

उनले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)ले दिएको सूचनाका आधारमा विमानस्थलमा छापा मारिएको र खोजतलास गर्ने काम जारी रहेको र पूर्ण विवरण आउन बाँकी रहेको जानकारी दिए। रासस

प्रकाशित: १९ फाल्गुन २०७२ ०७:४८ बुधबार