अन्य

फिरौती असुली गर्न व्यापारी अपहरण गर्ने पक्राउ

सुरुङ्गा (झापा)—झापाका अलैँची व्यवसायी सुनिलकुमार विन्दलाई अपहरण गरी फिरौती माग्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउपर्नेमा धरमपुर–२ निवासी ३९ वर्षीय सञ्जय कुरुङ्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। पक्राउ परेका लिम्बूलाई आज नै जिल्ला अदालत झापा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

गत वर्ष माघ १८ गते अग्रवालकै साथी बजरङ्ग पन्सारी अग्रवाल र लिम्बूसहितले अलैँची व्यवसायी सुनिललाई अपहरण गरी बन्धक बनाएको प्रहरीले जनाएको छ। अपहरणमा संलग्न पन्सारीलाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो भने लिम्बू फरार थिए।

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी लिम्बूलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। रासस

प्रकाशित: १६ फाल्गुन २०७२ ०९:५१ आइतबार