प्रहरीका अनुसार वीरेन्द्रनगर–१३ घर भई गण्डकीलाइनमा कोठा भाडामा बस्दै आएका वली दम्पत्तीले ब्राउनसुगरको कारोवार गर्ने गरेको विशेष सूचनाका आधारमा घर खानतलासी गर्दा उक्त परिणामको लागूऔषध फेला परेको हो । 'घर खानतलासी गर्दा प्लाष्टिकमा लुकाई राखेको २२ पुरिया लागूऔषध ब्राउनसुगर फेला पार्यौं' डिएसपी मल्लले भने, 'दुबैलाई पक्राउ गरेर कावश्यक कारवाही अघि बढाएका छौं ।'
प्रकाशित: १६ फाल्गुन २०७२ ०६:५४ आइतबार